अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालका लागि अमेरिकी नयाँ राजदुत डिन थम्पसन

नेपालका लागि अमेरिकी नयाँ राजदुत डिन थम्पसन


काठमाडौं -अमेरिकाले नेपालका लागि नयाँ राजदूतमा बिदेश मन्त्रालयका बरिष्ठ कुटनीतिज्ञ डिन थम्पसनलाई पठाउने भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिदेश मन्त्रालयमा हाल दक्षिण एसिया तथा मध्य एसिया मामिला हेर्ने प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी डिन थम्पसनलाई नेपालका लागि नयाँ राजदूतमा मनोनयन गर्ने घोषणा गरेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।
थम्पसन सेप्टेम्बर १५, २०२१ यता अमेरिकी बिदेश मन्त्रालयमा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीको पदमा कार्यरत हुनुहुन्थ्यो। उनको औपचारिक नियुक्त प्रकृया पुरा हुन केही महिना लाग्नेछ।

थप्पसन अमेरिकाको दक्षिण तथा मध्य एसिया नीति निर्माण तथा कार्यान्वयनमा संलग्न अधिकारी हुन्। चीनसँग नेपालको एमसीसीका बारेमा तनाव सिर्जना भएका बेला अमेरिकाले आफ्ना बरिष्ठ कुटनीतिज्ञ नेपाल पठाउन लागेको हो।