अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मान-सम्मान पुगेन भने पार्टी ध्वस्त पार्ने कम्युनिष्ट नेपालमा छन् :  अध्यक्ष ओली

मान-सम्मान पुगेन भने पार्टी ध्वस्त पार्ने कम्युनिष्ट नेपालमा छन् :  अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान–सम्मान नपुगेपछि पार्टी ध्वस्त पार्न लागिपर्ने कम्युनिष्टहरूको संख्या ठूलो भएको बताउनु भएको छ

आज काठमाडौंमा भएको नेपााल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले नेपालमा तीन प्रकारका कम्युनिष्टहरू रहेको बताउनु भएको हो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘दार्शनिक धरातल भएका र त्यसलाई व्यवहारमा अपनाउने पहिलो वर्गका कम्युनिष्ट छन् । दोस्रो, प्रगतिशील धारका कम्युनिष्ट सैद्धान्तिक वैचारिक तहका कम्युनिस्ट हुन् । हामीकहाँ मान–सम्मान पुगेन भने पार्टी ध्वस्त पार्न तयार हुने कम्युनिष्ट पनि छन् ।

अध्यक्ष ओलीले नाफा–नोक्सानको राजनीति गर्ने पनि राजनीतिज्ञ भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यमा हिँड्ने, देशलाई माया गर्ने, राष्ट्रियता जोगाउने मानिस मात्र कम्युनिस्ट हुन सक्ने जिकिर गर्नुभयो ।