अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एफवान सफ्टको चिफइनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त

एफवान सफ्टको चिफइनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त


काठमाडौँ – सफ्टवयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनलको चिफइनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त हुनु भएको छ  ।

१६ वर्ष भन्दा लामो बैंकिङ्ग क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेशनलमा आबद्ध भएका हुन् । उहाँसँग नविल बैंकमा १३ वर्षसम्मको डिजिटलाइजेशन हेड, कार्ड एण्ड अल्टरनेट च्यानल हेडका रुपमा काम गरेको अनुभव छ ।

नविल बैंकमै उहाँले टेक्नोलोजी एण्ड डिजिटल बिजनेसका रुपमा समेत काम गर्नु भएको थियो । यसअघि पौडेल नेपाल बैंक लिमिटेडको कोर बैंकिङ्गको टेक्नोलोजी पार्टमा समेत आबद्ध हुनुहुन्थ्यो । यस्तै उहाँसँग अन्य क्षेत्रमा पनि लामो समय सफ्टवेयर डेभलपमेन्टका रुपमा काम गरेको अनुभव छ ।

एफवान सफ्टमा पौडेलको आवद्धता सँगै एफवान सफ्टले विश्वमा विकास भएका नविनतम प्रविधिलाई नेपाली माटो सुहाँउँदो बनाउनुका साथै नेपालमा पनि आम मानिसको दैनिक जनजिवन सहजबनाउने खालका सफ्टवेयरको निर्माण, विकास तथा डिजिटल भुक्तानीका क्षेत्रमा अझ नयाँ प्रविधिको विकासमा महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ ।

सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनीमध्येको एक हो। सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथाउत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री–वितरण गर्दै आएको छ । एफवान सफ्ट अन्तरगत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन् ।

एफ्वान सफ्टअन्तरगत इसेवा, फोनपे, इसेवामनि ट्रान्स्फर, कोजेन्ट हेल्थ, दियालो टैनोलोजिज, बस सेवालगायतका स्थापित कम्पनी रहेका छन् । नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा एफवान सफ्टले विकास गरेका मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भाइवर बैंकिङ्ग लगायसतका सोलुसन प्रयोग हुँदै आएका छन् ।

एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामापनिनम्बर वान पेमेन्ट गेटवे कम्पनीहो भने पछिल्ला दिनमानिकै सफलमानिएको फोनपेले स्वेदेशी र विदेशीभुक्तानीको क्षेत्रमा अन्तर आवद्धतताको रुपमा कार्य गर्दै आएको छ । नेपालमा क्यूआर भुक्तानीको क्षेत्रमा फोनपेले एक किसिमको क्रान्ति नै ल्याएको छ ।