अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच दलीय गठबन्धन टालाटुली बाटुली कति राम्रा पुतली भने जस्तै हो : अध्यक्ष ओली

पाँच दलीय गठबन्धन टालाटुली बाटुली कति राम्रा पुतली भने जस्तै हो : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताउनु भएको छ ।

प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘पाँच दलीय गठबन्धन दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुल कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्।’

पाँच दलीय गठबन्धन भ्रमको खेती भएको अध्यक्ष ओलीको आरोप छ । स्थायी कुरा सत्य हुने भन्दै ओलीले भन्नुभयो, ‘स्थायी कुरा जनताको आदेश हो । जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउँछ ।’

संगठनका अध्यक्ष शम्भुबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका सचिव तथा संगठनका इन्चार्ज गोकर्ण विष्ट, जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल लगायतले बोल्नुभएको थियो।

Skip This