अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको चुनाव केन्द्रित ‘टिकटक कम्पिटिसन’ : भिडियो बनाउनुस्, एक लाखसम्म पुरस्कार जित्नुस्

एमालेको चुनाव केन्द्रित ‘टिकटक कम्पिटिसन’ : भिडियो बनाउनुस्, एक लाखसम्म पुरस्कार जित्नुस्


केपी ओलीले घोाषणा गरे करिव ४ लाख पुरस्कार राशिको ‘टिकटक कम्पिटिसन’
काठमाडौं– नेकपा एमालेले टिकटक प्रतिस्पर्धाको आयोजना गर्ने भएको छ । ‘समृद्व नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पुरा गर्ने उद्देश्यले राष्ट्रिय युवा संघ नेपाल र साईबर सर्कलले टिकटक प्रतिस्पर्धाको आयोजना गर्न लागेको हो ।

नेकपा एमालेको विचार तथा सिद्धान्त झल्किने खालका आकर्षक टिकटक भिडियो बनाई नगद पुस्कार जित्न राष्ट्रिय युवा संघ नेपालका प्रमुख मदन भण्डारीले टिकटक प्रयोगकर्तालाई आग्रह गरेका छन् ।

‘नेकपा एमालेको विचारधारा, विकास निर्माणका गतिविधि र पार्टीका सिद्धान्तहरुलाई चर्चित भिडियो प्ल्याट फर्म टिकटक मार्फत नविनता र सृजनशिलता पुर्वक समाजमा प्रस्तुत गर्ने तयारी गरेको छ । उक्त कार्यमा नेकपा एमालेको कार्य तथा विचार झल्किने खालका टिकटक भिडियो बनाई प्रतियोगितामा सहभागी भई नगद पुरस्कार जित्नुहुन हार्दिक अनुरोध गर्दछौं ।’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियो छनौट गरि दुई विधामा तिन तिन जनालाई पुरस्कार वितरण गरिनेछ । जसमा प्रथमले रु एक लाख, द्धितीयले रु पचास हजार र तृतीयले पच्चिस हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रमुख भण्डारीका अनुसार चैत्र २१ गतेबाट सुरु भएको टिकटक प्रतिस्पर्धा वैशाख ३० गतेसम्म चल्नेछ । प्रतिस्पर्धाको अन्तिम नतिजा जेठ ७ गते हुनेछ भने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार वितरण गर्नेछन् । टिकटक भिडियो बनाउँदा विभिन्न शर्तहरु लागु हुने भण्डारीले बताए ।

टिकटक भिडियो २०७८ चैत्र २१ गते देखि ०७९ वैशाख ३० गतेसम्ममा अपलोड गरिसक्नुपर्ने, नेकपा एमालेले अघि सारेका योजना र विकासमा आधारित नितान्त व्याक्तिगत रचनात्कम भिडियो हुनुपर्ने, सृजना बढीमा २ मिनेटको हुनुपर्ने, भिडियोमा भोट फर सन्, सिपिएन यूएम एल, साइवर सर्कल नेपाल, आइएम विथ केपी ओली लगाएतका ह्यासट्याग प्रयोग गर्नुपर्ने प्रमुख भण्डारीले बताए ।