अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाको गृहजिल्लामा माओवादीले माग्यो ५० प्रतिशत स्थानीय तह

देउवाको गृहजिल्लामा माओवादीले माग्यो ५० प्रतिशत स्थानीय तह


काठमाडौं- सत्ता गठबन्धनको एक दल नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा झन्डै ५० प्रतिशत स्थानीय तहमा आफ्नो दाबी गरेको छ ।

दुई नगरपालिकासहित सात स्थानीय तह रहेको डडेलधुरामा माओवादी केन्द्रले तीन स्थानीय तहमा आफ्नो दाबी गरेको हो ।

नेपाली कांग्रेसका सभापति देउवाको जिल्लामा ०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी अजयमेरु गाउँपालिकामा मात्रै विजयी भएको थियो । आफूहरू थोरै मतान्तरले हारेकाले तीन स्थानीय तहमा दाबी गरेको माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले बताउनुभयो ।

०७४ सालको निर्वाचनमा कांग्रेसले १७, माओवादी केन्द्रले १६ र नेकपा (एमाले)ले १९ वडाध्यक्ष जितेको थियो ।