अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धतामा एमालेले गरेन हस्ताक्षर

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धतामा एमालेले गरेन हस्ताक्षर


काठमाडौँ – निर्वाचन आयोगले नेकपा एमालेका प्रतिनिधिलाई आफ्नो कुरा राख्न नदिएपछि एमालेका तर्फबाट जानु भएका प्रतिनिधिले निर्वाचन आचारसंहिताको प्रतिवद्धता पत्रमा हस्ताक्षर नगरी फर्किनु भएको छ।

एमालेका तर्फबाट प्रतिनिधित्व गरेका नेता निरज आचार्यले बोल्ने वातावरण नभएपछि प्रतिवद्धतापत्रमा हस्ताक्षर नगरिएको जानकारी दिनु भयो । एमालेका तर्फबाट आचार्यसहित रमेश बडाल सहभागी हुनु भएको थियो ।

नेता आचार्यले भन्नुभयो, ‘आज निर्वाचन आयोगले बोलाएको बैठकमा देखिएको अवस्थाबाट हामी अत्यन्तै गम्भीर भएका छौं । नेकपा एमालेको तर्फबाट म र कानुन विभाग प्रमुख रमेश बढालले भाग लिएका थियौं । निर्वाचन आचारसंहिता प्रति नेकपा एमाले प्रतिबद्ध छ । तर आयुक्तज्युहरु स्वयं आचारसंहिता प्रति प्रतिबद्ध हो कि हैन प्रश्न उठाउनु पर्ने अवस्था आयो । हामी हाम्रो कुरा राखेर प्रतिबद्धता व्यक्त गर्न चाहन्थ्यौं तर त्यो वातावरण बनेन । साना दलहरुको विरोध र नारावाजी जारीरहेको थियो यस्तो तनावको बीचमा हस्ताक्षर गर्न उपयुक्त ठानेनौं ।’