अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म ६० वर्षदेखि मधेसको बासिन्दा हुँ : अध्यक्ष ओली

म ६० वर्षदेखि मधेसको बासिन्दा हुँ : अध्यक्ष ओली


वीरगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मधेस विरोधी रहेको भनेर केही स्वार्थी मानिसहरूले हल्ला चलाएको बताउनु भएको छ ।

आज वीरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले मधेसका केही स्वार्थी मानिसले आफू मधेस विरोधी रहेको हल्ला चलाएको बताउनु भएको हो ।

६० वर्षदेखि मधेसको वासिन्दा रहेको आफूलाई केही स्वार्थी मानिसले व्यक्तिगत लाभका लागि मधेस विरोधी भनेर हल्ला चलाएको अध्यक्ष ओलीले बताउनु भयो ।

‘केपी ओली मधेस विद्रोही भनेर हल्ला चलाए केही स्वार्थी मानिसले, यहीँका मानिसले,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘६० वर्षदेखि म मधेसको बासिन्दा हुँ, खोलाबाट पैनी खनेर कसरी खेतमा पुर्याउनुपर्छ मलाई थाहा छ, भैँसीको पिठ्युमा कसरी बसिन्छ मलाई थाहा, हलो कसरी जोतिन्छ मलाई थाहा छ। अनि म कसरी भएँ मधेस विरोधी ?’

मधेसको विकासका लागि सधैं गम्भीर रहेको आफूलाई मधेस विरोधीको आरोप लगाए पनि केही फरक नपर्ने उहाँले बताउनु भयो ।

‘केपी ओलीलाई मधेस विरोधी भन्दै गरे तर मैले ढल्केबर-जनकपुर सडक बनाए, मरिन सुनकोशी डाइभर्सन योजना सुरू गरेँ,’ उहाँले भन्नुभयो,‘तराईका खेतमा सिँचाइ गर्ने केपी ओली अनि केपी ओली मधेस विरोधी ?, सडक बनाउने केपी ओली अनि केपी ओली मधेस विरोधी ?’