अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकका दुई प्रभावशाली कांग्रेस नेताले पार्टी परित्याग, एमाले प्रवेश गर्ने !  

सिन्धुपाल्चोकका दुई प्रभावशाली कांग्रेस नेताले पार्टी परित्याग, एमाले प्रवेश गर्ने !  


सिन्धुपाल्चोक – नेपाली काङ्ग्रेसको गढ मानिने हेलम्बुमा स्थानीय निर्वाचन नजिकिँदै गर्दा जिम्मेवार नेताहरूले नै पार्टी छाड्ने क्रम बढेको छ । 

सोमबार वडा नम्बर ७ का निर्वाचित वडा अध्यक्ष तथा पार्टी नेता खेतनाथ घिमिरेले फेसबुक स्ट्याट्स लेख्दै पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ ।

काङ्ग्रेसमा व्यक्तिवादी सोच हाबी हुँदै गएको, मनलाग्दी तवरले कार्यशैली अगाडि बढाएको, शिक्षा क्षेत्र धरासायी भएकाले पार्टी परित्याग गरेको उहाँको स्ट्याट्समा उल्लेख छ । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा प्रति लक्षित गर्दै घिमिरेले कार्यालय भित्रै प्रधानाध्यापक कुटपिट, बिना कारण कर्मचारी अवकाश लगायत गम्भीर आरोप समेत लगाउनु भएको छ ।

त्यही क्रममा मंगलबार पार्टीका निवर्तमान पालिका सभापति विजय सिंह तामाङले पनि पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । पार्टीमा काम गरेको समय उल्लेख गर्दै उहाँले अब समय दिन नसकेकाले पार्टी छोड्न परेको बताउनु भयो । उहाँहरू दुबै जना नेताले नेकपा एमालेमा प्रवेशको तयारीमा हुनुहुन्छ ।