अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीमदत्तमा कांग्रेसले गठबन्धन अस्वीकार गर्‍यो, नेकपा (एस) भन्छ– हेरौं न त !

भीमदत्तमा कांग्रेसले गठबन्धन अस्वीकार गर्‍यो, नेकपा (एस) भन्छ– हेरौं न त !


काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसले गठबन्धन गर्न अस्वीकार गरेको छ ।

कांग्रेस नगर समितिले एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।

देशभर चुनावका लागि गठबन्धनको तयारी भइरहेकाबेला कतिपय जिल्ला तथा पालिकाहरुमा गठबन्धन अस्वीकार भइरहेका छन् ।

यसैबीच नेकपा (एस)बाट मेयरमा दाबी गरिरहनुभएका पत्रकार खेम भण्डारीले कांग्रेसको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले एक्लै चुनाव जितेर देखाउन चुनौतीसमेत दिनुभएको छ ।