अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड भेट्न पित्तबहादुर खुमलटार

प्रचण्ड भेट्न पित्तबहादुर खुमलटार


काठमाडौं– एमाले प्रवेश गरेको २४ घण्टामै माओवादी केन्द्र फर्किएका धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) खुमलटार पुग्नुभएको छ ।

डल्लाकोटीले आफूले गल्ती गरेको दाहालसमक्ष बताउनुभएको नेता रमेश मल्लले जानकारी दिनुभयो । ‘केही मान्छेको परिबन्दमा परि बालकोट पुगे। यसमा मेरो गल्ती भो। तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन, सुत्न नि दिएनन। मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु । र, म २ दिनमै घर फर्केको छु,’ डल्लाकोटीको भनाइ उद्धृत गर्दै मल्ले भन्नुभयो ।

अध्यक्ष केपी शर्मा ओलीबाट सोमबार खादा पहिरिएर एमाले प्रवेश गरेका पित्तबहादुर नेता तथा कार्यकर्ताको दबाबमा माओवादी फर्किएको विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

आफूमा क्षणिक आक्रोश र आवेग आएको भन्दै एमाले जानु गम्भीर गल्ती भएको डल्लाकोटीको भनाइ छ ।

एमाले प्रवेश गर्न बालकोट पुगेकै बेला प्रचण्डले डल्लाकोटीलाई फोन गरेर बालकोटबाट निस्कन आग्रह गर्दै मलेखुमा बसेर सँगै माछा खाना प्रस्ताव गर्नुभएको थियो ।