काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ परिमार्जन गरेको छ ।
सामाजिक सञ्जालमा उम्मेदवार र दलले प्रचार गर्न पाउनेगरी आयोगले सामान्य संशोधन गरेको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, ‘आधिकारिक पेजबाट पार्टीले आफ्ना विचार, सिद्धान्त राख्न पाउने छन् । तर, कुनै उमेदवारलाई होच्याउन पाइने छैन । चैत्र २५ गतेबाट निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता २०७८ लागु हुने छ।’
यसअघि आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको विषयमा नेकपा एमालेले लिखित रुपमै असहमति जनाएको थियो। नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले बिहीबार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई भेटेर ६ वटा विषयमा असहमति राख्नुभएको थियो ।
आचारसंहितामा भएको व्यवस्थाको यस्तो छ पूर्णपाठ







प्रतिक्रिया