अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम प्रदेशका समाजवादीका सबै मन्त्रीले राजीनामा दिने तयारीमा

सुदूरपश्चिम प्रदेशका समाजवादीका सबै मन्त्रीले राजीनामा दिने तयारीमा


कैलाली – नेपाली कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुने भएपछि नेकपा एकीकृत समाजवादी बाहिरिने भएको छ ।

कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्ने तयारीसँगै समाजवादीले सरकारबाट बाहिरिने निष्कर्ष निकालेको हो ।

समाजवादीबाट मन्त्री भएकाहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । केन्द्रिय गठबन्धनले सहमती गरेपछि मन्त्री फेरबदल गर्ने तयारी भएको थियो ।

समाजवादीका सुदूरपश्चिममा ४ मन्त्री र ३ राज्य मन्त्री छन् ।