काठमाडौं- पत्रकार ऋषि धमलाले नेपाल एयरलाइन्सको विमानभित्र देखाएको हs{tका विषयमा प्रेस काउन्सिल नेपालले बयान लिने भएको छ । धमलालाई भोलि मध्यान्ह १२ बजे बोलाइएको छ ।
धमलालाई लिखित स्पष्टीकरण सोधेको काउन्सिलले उनको जवाफ चित्तबुझ्दो नभएपछि बयानका लागि बोलाएको हो ।
काउन्सिलको आज बसेको आचारसंहिता अनुगमन समितिको बैठकमा धमलाले दिएको जवाफबारे छलफल भएको थियो । जवाफमा पेस गरिएका तर्कमा सन्तुष्ट हुन नसकिएकाले मौखिक बयानका लागि बोलाउने निर्णय भएको काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।
मौखिक बयानपछि काउन्सिलले थप निर्णय लिने बस्नेतले बताउनुभयो ।







प्रतिक्रिया