न्यूयोर्क- अमेरिकाको ब्रुकलिन सब-स्टेसनमा मंगलबार अन्धाधुन्ध गोली प्रहार हुँदा दर्जनौँ घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार बिहान साढे ८ बजेको व्यस्त समयमा अज्ञात समूहबाट सो आक्रमण भएको थियो ।
घटनामा गोली लागेका १३ जनालाई तत्काल अस्पताल पुर्याइएको न्यूयोर्क फायर डिपार्टमेन्टले जनाएको छ । घटनास्थलमा केही विस्फोटक पदार्थ भेटिएको अपुष्ट समाचार केही सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।
न्यूयोर्क पुलिस डिपार्टमेन्टले भने कुनै सक्रिय विस्फोटक वस्तु नभेटिएको जनाएको छ । प्रहरीले उक्त स्थान खाली गर्नका लागि सूचित गरेको छ ।







प्रतिक्रिया