अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओखलढुंगामा प्रहरी बाेकेकाे जीप दुर्घटना : २ को मृत्यु, ८ घाइते

ओखलढुंगामा प्रहरी बाेकेकाे जीप दुर्घटना : २ को मृत्यु, ८ घाइते


ओखलढुंगा- ओखलढुंगामा बुधवार बिहानै बोलेराे दुर्घटनामा परेको छ ।

सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको बा. १६ च १०९४ नम्बरको बोलेराे मानेभञ्ज्याङ ६, भडारे खोला नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परी बोलेरोमा सवार २ जना प्रहरीको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

सोलुखुम्बुबाट कार्यालयको कामले प्रहरी लिएर विराटनगर हिँडेको गाडीमा सवार दुई जना प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पुष्टि गरेको छ ।