अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही हुन्छ : निर्वाचन आयोग

आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही हुन्छ : निर्वाचन आयोग


काठमाडौं – निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गरिने प्रस्ट पारेको छ ।

बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लङ्घनबारे बाहिर आएका विषयलाई आयोगले नोटिसमा राखेको बताउनु भएको हो ।

‘आयोगले नोटिस गरिरहेको छ । जसमध्ये कतिपयलाई आयोगले पत्राचार गरिसकेको छ भने कतिपयको अध्ययन भइरहेको छ’, पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भन्नुभयो, ‘त्यसका आधारमा उहाँहरूसँग बुझ्ने, स्पष्टता खोज्ने र त्यसपछि आवश्यक कारवाही आयोगले गर्छ ।’