अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रक्सीले मातेर श्रीमतीको हत्या

रक्सीले मातेर श्रीमतीको हत्या


मोरङ -मोरङमा रक्सी खाएर मातेका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जहदा गाउँपालिका(७ का ३३ वर्षे नारायण सोरेनले श्रीमती ३२ वर्षीया पानो टुडुलाई कुटपिट गरी हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताउनुभयो ।

२९ चैतमा रक्सी खाएर घर गएका सोरेनले श्रीमतीलाई निर्घाट कुटपिट गरी घाइते बनाएका थिए । गम्भीर अवस्थामा विराटनगरस्थित कोसी अस्पताल पुर्‍याइएकी पानोको गएराति ११ बजेतिर मृत्यु भएको हो । हत्यामा संलग्न सोरेन फरार छन् । उनको खोजी तीव्र पारिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।