अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली घले गाउँमा पुग्दा जे देखियो (फोटो फिचर)

अध्यक्ष ओली घले गाउँमा पुग्दा जे देखियो (फोटो फिचर)


लमजुङ – लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ स्थित स्मार्टभिलेज घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ ।

पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले घलेगाउँलाई सुखी गाउँ घोषणा गरेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ग्रामीण पर्यटन घलेगाउँ विश्वमै रमणिय ठाउँ भएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘घले गाउँले नयाँ वर्ष सँगै नयाँ कामको थालनी भएको छ । मलाई विश्वाश छ घलेगाउँ विश्वमै सुन्दर र नमूना पर्यटकीय गाउँले परिचितत हुनेछ ।’ गाउँमा सुशासन कायम, पर्यटकलाई आवश्यक विभिन्न भौतिक सुविधाको उपलब्धता, स्थानीयमा आत्मनिर्भरता, गाउँमा प्रकृति र संस्कृतिको संरक्षण लगायतका विभिन्न मापदण्ड पुगेसँगै घलेगाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’ घोषणा गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो ।

२०४० को दशकसम्म दुर्गम, पीछडिएको र गरीब गाउँको रुपमा चिनिन्थ्यो, घलेगाउँ । गाउँमा होमस्टे सञ्चालन भएसँगै अहिले यहाँका नागरिकको जीवनस्तर उकासिएको छ । ग्रामीण पर्यटनको विकासबाट घलेगाउँलाई आत्मनिर्भर बनाउन २३ वैसाख २०५७ मा प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी १२ वटा घरबाट घरबास (होमस्टे) सुरुवात गरिएको हो । घले गाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पहिलो पटक २०५८ वैशाखमा घलेगाउँ कला महोत्सवको आयोजना गरिएको थियो ।

२०६४ फागुनमा दक्षिण एसियाकै नमूना गाउँ (सार्क भिलेज) का साथै १७ मंसिर २०७६ मा स्मार्ट भिलेज घोषणा गरिएको थियो । घलेगाउँलाई होमस्टेलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरिसकेको छ ।

लमजुङ सदरमुकाम बेंसीसहरबाट डेढ घण्टामै मोटरमा पुगिन्छ । बेंसीसहरबाट घलेगाउँ पुग्न बेंसीसहरबाट २४ किलोमिटरको यात्रा गर्नुपर्छ ।