नेपालगञ्ज -चुनावी दौडाहामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कर्णालीको हुम्लाका दुईवटा कार्यक्रममा सहभागी हुदैहुनुहुन्छ ।
हुम्लाको सिमकोट र अदानचुलीमा आयोजना गरिएका पार्टी प्रवेश र चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली त्यता जाने हुनुभएको हो । एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीका अनुसार चीन्को सिमावर्ती क्षेत्र लिली भ्याली अवलोकन, हल्जी गाउँमा स्थानीयबासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी लाप्चाबाट मानसरोवरको दृष्य अवलोकन गर्ने कार्यक्रम छ ।
अध्यक्ष ओलीका साथ उपाध्यक्ष विष्णु पौडेल पनि हुम्ला जाँदैहुनुहुन्छ । हुम्ला जानका लागि उहाँहरु हिजै साँझ नेपागलगञ्ज पुग्नुभएको छ ।







प्रतिक्रिया