अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस बझाङ सभापति सवार जीप दुर्घटना, छोरा विनोदको मृत्यु

कांग्रेस बझाङ सभापति सवार जीप दुर्घटना, छोरा विनोदको मृत्यु


बझाङ — नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जिप दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए अनुसार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

बझाङको सुर्मा गाउँपालिकाबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

दुर्घटनामा सभापति बोहराका छोरा विनोदको घटनास्थलमै ज्यान गएको छ ।

जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए ।