अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आचारसंहिता पालनाप्रति दलहरूकाे प्रतिबद्धता

निर्वाचन आचारसंहिता पालनाप्रति दलहरूकाे प्रतिबद्धता


लमजुङ – लमजुङका राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित निर्वाचन आचारसंहिता कार्यान्वयन विषयक अन्तरक्रियामा सहभागी राजनीतिक दलहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

छलफलमा नेकपा एमालेका जिल्ला सचिव सुभाष पौडेल, नेपाली कांग्रेस लमजुङका उपसभापति आनन्द घिमिरे, माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य सुनिल सुनार र  कांग्रेसका निर्वाचन आचारसंहिता पालना गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।  राप्रपाका ठाकुरप्रसाद गुरुङले  निर्वाचन स्वच्छ र निस्पक्ष हुनुपर्ने बताउनु भयो ।  

कार्यक्रममा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले राजनीतिक दल, पत्रकार र सन्चारमाध्यमले आचार संहिता पालना गर्नु कर्तव्य भएकाे बताउनु भयो । निर्वाचनको लागि लमजुङमा  १७  दल दर्ता छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले राजनीतिक दल स्वयंले निर्वाचन आचारसंहिता निर्माण गरेकाले स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाधँलीरहित बनाउन दलकै मुख्य भूमिका हुने बताउनु भयो ।