अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुरिनटारमा बस, ट्रक र माइक्रो ठोक्किँदा ११ जना घाइते

कुरिनटारमा बस, ट्रक र माइक्रो ठोक्किँदा ११ जना घाइते

यो बेला
0
Shares

चितवन-चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित धारापानीमा पृथ्वी राजमार्गमा बस, ट्रक र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।

प्राप्त विवरणअनुसार आज बिहान ८ः४५ बजे सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा घाइते भएकाहरूको सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट खटिएको ६६ जनाको टोलीले उद्धार गरेको थियो।

उद्धार गरिएका घाइतेलाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ।

दुर्घटनापछि पृथ्वी राजमार्गको उक्त खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। दुर्घटनाको थप विवरण तथा घाइतेहरूको अवस्थाबारे विस्तृत जानकारी प्राप्त हुन बाँकी छ।