अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घोडाघोडी नगरपालिकाका मेयर चौधरीले दिए राजीनामा

घोडाघोडी नगरपालिकाका मेयर चौधरीले दिए राजीनामा


धनगढी – कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले पदबाट राजीनामा दिनु भएको छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनःमेयरमा उम्मेदवारी दिने भन्दै चौधरीले उपप्रमुख प्रेमकुमारी थापालाई राजीनामा बुझाउनु भएको हो ।

‘निर्वाचन आचारसंहिता लागू भएका कारण कामकाज गर्न नसकिने अवस्था र अगामी निर्वाचनमा पुनः उम्मेदवार बन्ने आकांक्षा भएकाले पदबाट राजीनामा दिएको हुँ,’ चौधरीले भन्नु भयो । नेकपा एमाले कैलालीका उपसचिवसमेत रहेका चौधरी २०७४ सालमा भएको निर्वाचनमा घोडाघोडी नगरपालिकाको मेयरमा विजयी भएका थिए ।

चौधरीले माओवादी केन्द्रका लक्ष्मण चौधरीलाई पराजीत गरेका थिए । यस्तै पुनः दोहोरिने भन्दै नेकपा एमालेबाट निर्वाचित घोडाघोडी नगरपालिका-१ का वडाध्यक्ष मनराज शाही, ५ का वडाध्यक्ष प्रेम रोकाया, ९ का वडाध्यक्ष कृष्ण शाहले समेत पदबाट राजीनामा दिएका छन् ।

यस्तै नेपाली कांग्रेसबाट विजयी वडा नम्बर ८ का अध्यक्ष भीम बोगटीले पनि राजीनामा दिएका छन् ।