अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवलमा एमाले र जनमुक्ति पार्टीबीच चुनावी तालमेल

बुटवलमा एमाले र जनमुक्ति पार्टीबीच चुनावी तालमेल


बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति गरेको हो ।

सहमति अनुसार जनमुक्तिका मतदाताले एमालेका मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्य गरी ८६ पदका उम्मेदवारलाई सहयोग गर्नेछ। दुवै दलले चुनाव प्रचार-प्रसार अभियान संयुक्त रुपमा सञ्चालन गर्ने एमाले नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगर अध्यक्ष भेकबहादुर सारु मगरले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।