अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले प्रदेश नं १ का मोरङ,सुनसरी र ओखलढुंगा बाहेक ११ जिल्लाको उम्मेद्वारी टुंग्यायो

एमालेले प्रदेश नं १ का मोरङ,सुनसरी र ओखलढुंगा बाहेक ११ जिल्लाको उम्मेद्वारी टुंग्यायो


काठमाडौं -नेकपा एमालेले प्रदेश नं १ का तीनवटा जिल्ला बाहेक सबै जिल्लाका प्रमुख उपप्रमुखको उम्मेद्वारी टुंग्याएको छ ।
प्रदेश इन्चार्ज देवराज घिमिरेका अनुसार सुनसरी,मोरङ र ओखलढुंगा जिल्लाका पालिकाहरुको उम्मेद्वारी टुंगिन बाँकी छ । यसैगरी झापाको हल्दीबारी गाउँपालिकाको पनि उम्मेद्वारी टुंगिएको छैन । आज साँझसम्ममा सबै पालिकाहरुको उम्मेद्वारी टुंग्याउने तयारी रहेको घिमिरेले जानकारी दिनुभयो ।