काठमाडौं- मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।
डा. झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुनुहुन्छ ।
झा दोस्रो संविधानसभामा सदस्य हुनहुन्थ्यो ।







प्रतिक्रिया