अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोटी एमालेद्वारा नौवटै तहका उम्मेदवार चयन

डोटी एमालेद्वारा नौवटै तहका उम्मेदवार चयन


डोटी– आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेले डोटीका नौवटै स्थानीय तहका उम्मेदवार चयन गरेको छ । छनोट गरेका उम्मेदवारमा दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासी, उपप्रमुखमा रुपा कठायत, शिखर नगरपालिकाको प्रमुखमा भीमबहादुर बलायर, उपप्रमुखमा लक्ष्मी मल्ल छन् ।

यसैगरी पूर्वीचौकी गाउँपालिकाको अध्यक्षका कृष्णकुमार खड्का, उपाध्यक्षमा शारदा साउद, बडिकेदार गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर घर्ती, उपाध्यक्षमा सपना सिराडी, आदर्श गाउँपालिकाको अध्यक्ष डम्मर वली, उपाध्यक्षमा जानकी खड्का, बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्ष हस्तबहादुर बुढा, उपाध्यक्षमा ज्ञानु मल्ल (बम), जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा, उपाध्यक्षमा जमुना बोहरा, सायल गाउँपालिकाको अध्यक्षमा तेजबहादुर डुम्रेल, उपाध्यक्ष बिष्नादेवी सिंह, केआइसिंह गाउँपालिकाको अध्यक्षमा तेजबहादुर माझी, उपाध्यक्षमा धनादेवी कुँवरको नाम टुङ्ग्याएको एमाले जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।