अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देहीका पत्रकार चापागाईंले पाए एमालेबाट तिलोत्तमाको मेयर टिकट

रुपन्देहीका पत्रकार चापागाईंले पाए एमालेबाट तिलोत्तमाको मेयर टिकट


रुपन्देही – रुपन्देहीका पत्रकार मोहन चापागाईँले तिलोत्तमा नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको टिकट पाएका छन् । उनी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष तथा पूर्वकेन्द्रीय सदस्य हुन् ।

एमालेको निर्णय अनुसार उनीसँगै वर्तमान उपमेयर जागेश्वरीदेवी चौधरीले दोहो¥यारिन पाउने भएकी छन् । पत्रकारितासँगै राजनीतिमा जोडिएका चापागाईं अहिले पनि बुटवलबाट प्रकाशन हुने दैनिक लुम्बिनीको मुख्य जिम्मेवारीमा छन् ।

एमाले रुपन्देहीको जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख बनिसकेका चापागाईं अहिले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य छन् ।

गत स्थानीय तहको निर्वाचनमा समेत मेयरको टिकट पाएका चापागाईंलाई पछि पार्टीले फिर्ता बोलाएर बासुदेव घिमिरेलाई मेयर उम्मेदवार बनाएको थियो ।