अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ताप्लेजुङले छान्यो सबै तहमा उम्मेदवार, प्रमुखमा अधिकाँस पुरानै अनुहार

एमाले ताप्लेजुङले छान्यो सबै तहमा उम्मेदवार, प्रमुखमा अधिकाँस पुरानै अनुहार


ताप्लेजुङ – ताप्लेजुङमा नेकपा एमालेले सबै तहमा उम्मेदवारको नाम टुंग्याएको छ । यसपटक अधिकांश उम्मेदवारमा पुरानै अनुहार देखिएका छन् ।

२०७४ सालमा निर्वाचित भएका ५ प्रमुख मध्ये ४ जनालाइ फेरी सोहि पदमा उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । दुई पालिकाका निर्वाचित उपाध्यक्षले समेत सोहि पदमा दोहोरिएर उम्मेदवारी दिनुहुने भएको छ ।

एमालेले फुङ्लिङ नगरप्रमुखमा छत्रपति प्याकुरेललाइ उम्मेदवार बनाउने भएको छ । उनी यसअघिका पनि मेयर हुन् । यस्तै पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ र मैवाखोला गाउँपालिका अध्यक्ष राजनकुमार थत्लुङ समेत सोहि पदमा एमालेबाट उम्मेदवार बन्नु हुने भएको छ ।

पाथीभरा याङ्वरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ र मैवाखोला गाउँपालिका उपाध्यक्ष पुनःसोहि पदका लागि उम्मेदवार बनाउने निर्णय लिएको छ । यसअघि मिक्वाखोला गाउँपालिका अध्यक्षमा निर्वाचित रामकुमार साँवा भने यसपटक उम्मेदवार नबन्ने हुनु भएको छ ।

एमालेले आठराइ त्रिबेणी गाउँपालिका अध्यक्षमा दीपेन पोमू,मिक्वाखोला गाउँपालिका अध्यक्षमा दिवस लिवाङ,मेरिङदेन गाउँपालिका अध्यक्षमा केदारजंग श्रेङचोङ्वाङ, सिदिङ्वा गाउँपालिका अध्यक्षमा मानबहादुर राई र सिरिजङ्गा गाउँपालिका अध्यक्षमा सन्तोष चाम्लिङलाइ उम्मेदवार बनाउने भएको छ ।

एमाले ताप्लेजुङका प्रचार विभाग प्रमुख समेत रहनु भएका जिल्ला कमिटी उपसचिव दीपेन पोमूका अनुसार एमालेले फुङ्लिङ नगरपालिकाको उपप्रमुखमा भीमादेवी ओझा र मिक्वाखोला गाउँपालिकामा मीनाकुमारी केदेम, आठराइ त्रिबेणी गाउँपालिकामा शान्ता आङ्वोहाङ, मेरिङ्देन गाउँपालिकामा टीका चोङ्वाङ केदेम, सिदिङ्वामा भूमिका गौतम, फक्ताङ्लुङमा शान्ति इङ्वासम पौडेल र सिरिजङ्गामा तुलसा बस्नेतलाइ उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ ।