अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगर महानगरमा ५६ जनाको उम्मेदवारी दर्ता

विराटनगर महानगरमा ५६ जनाको उम्मेदवारी दर्ता


विराटनगर – विराटनगर महानगरपालिकामा विभिन्न राजनीति दलका ५६ जनाले महानगर प्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा जनमत पार्टीबाट प्रमुख पदमा अरुणकुमार मण्डल, स्वतन्त्रबाट उमेशकुमार यादव र सक्रिय गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ । कार्यालयका सूचना अधिकारी हेमबहादुर वुढाथोकीका अनुसार वडाध्यक्षमा १८ र सदस्यमा ३५ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।     उम्मेदवारी दर्ता गराउने राजनीतिक दलमा जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, विवेकशील साझा पार्टी, पिछडा वर्ग, निषाद, दलित, जनजाति पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।

यस्तै लेटाङ नगरपालिकामा प्रमुख पदमा दुई, उपप्रमुखमा एक, वडाध्यक्षमा दुई र सदस्यमा आठ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।