अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह निर्वाचन: म्याग्दीमा १७४ जनाको मनोनयन दर्ता

स्थानीय तह निर्वाचन: म्याग्दीमा १७४ जनाको मनोनयन दर्ता


म्याग्दी – जिल्लाका छ पालिकामा आइतबार १७४  उम्मेदवारले आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा न्यून सङ्ख्यामा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दल र स्वतन्त्र उम्मेदवार गरी १७४ जनाले मनोनयन दर्ता गराएका छन् ।  रघुगङ्गा गाउँपालिकामा ७५, अन्नपूर्ण गाउँपालिकामा ४७, मालिका गाउँपालिकामा २७, धवलागिरी गाउँपालिकामा ३ र बेनी नगरपालिकामा दुई जनाको मनोनयन दर्ता भएको हो ।

मनोनयन दर्ता गरेकामध्ये धैलागिरिका एक, रघुगङ्गाका तीन र बेनीका दुई जना स्वतन्त्र हुन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले अन्नपूर्णमा दुई वडासदस्यबाहेक पहिलो दिन कुनै पनि पालिकामा मनोनयन दर्ता गरेनन् ।

रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा सबै प्यानलमा मनोनयन दर्ता गरेका नेपाली कांग्रेसका उम्मेदवार बाजागाजा र र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । एमालेले उम्मेदवार टुङ्गो लगाउन बाँकी भएको र सत्ता साझेदार दलहरुबीच सिट बाँडफाँडमा सहमति जुटेको छैन । रघुगङ्गाको अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी, उपाध्यक्षमा प्रेमकुमारी पुन, स्वतन्त्रबाट अध्यक्षमा सागर भण्डारी र उपाध्यक्षमा अनुरोध रिजालले मनोनयन दर्ता गर्नुभएको निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । मङ्गोल नेशनल अर्गनाइजेशनले रघुगङ्गामा तुलप्रसाद गर्बुजालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ ।

अन्नपूर्णका निर्वाचन अधिकृत जानुका सुवेदीका अनुसार अध्यक्षमा कांग्रेसका बलबहादुर तिलिजा पुन, नेशनल मङ्गोल अर्गनाइजेशनका गेमप्रसाद गर्बुजा र उपाध्यक्षमा एलिना शेरपुञ्जाको मनोनयनपत्र दर्ता भएको छ । माओवादीबाट वडा नम्बर ३ दानाको वडासदस्यमा सङ्गीता सार्की विक र वडा नम्बर ५ को खुला वडासदस्यमा पूर्णबहादुर पाइजाले मनोनयन दर्ता गराउनुभएको छ ।

कांग्रेसले माओवादीलाई दुई वडा सदस्य छोडेर आठवटै वडाका सबै पदमा उम्मेदवारी दिएको जनाएको छ। बेनीको वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठ र कृष्णबहादुर शाक्यले मनोनयन दर्ता गर्नुभएको छ ।

मङ्गलाका निर्वाचन अधिकृत धर्मराज पौडेलले कांग्रेस र राप्रपाका २० जनाले मनोनयन दर्ता गराएका बताउनुभयो । मालिकामा मङ्गोलले पालिका अध्यक्षसहित २७ पदमा मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारीदिनुभयो ।