अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रा.डा. भट्टराई माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्दै

प्रा.डा. भट्टराई माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्दै


काठमाडौं– प्रा.डा. रमेश भट्टराई माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्नुहुने भएको छ ।

भट्टराईलाई आज साँझ ५ बजे यल्लो प्यागोडा होटलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

भट्टराई राष्ट्रिय प्राध्यापक संगठनका कार्यवाहक अध्यक्षसमेत हुनुहुन्छ ।

अनेरास्ववियु र एमालेका पूर्वनेतासमेत रहनुभएका भट्टराई शान्तिपूर्ण आन्दोलनमा आएपछि माओवादीतिर लाग्नुभएको थियो । त्रिवि पूर्वरेक्टर डा. सुधा त्रिपाठी उहाँकी पत्नी हुनुहुन्छ ।