अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार एमालेमा प्रवेश

माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार एमालेमा प्रवेश


नुवाकोट – सत्तारुढ नेकपा माओवादीबाट रसुवाको गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गरेका उम्मेदवार प्रमुख प्रतिपक्षी नेकपा एमालेमा प्रवेश गरेका छन्। यसबाट रसुवामा माओवादीलाई झड्का लागेको छ। नेकपा (माओवादी केन्द्र) बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार नेकपा (एमाले) मा प्रवेश गरेका हुन्।

माओवादीको गाउँपालिका इन्चार्जसमेतका रहनुभएका अध्यक्षका उम्मेदवार तेन्जिन छेसाङतामाङ उम्मेदवारी लत्याएर एमालेमा प्रवेश गर्नुभएको हो । यही वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि उहाँले माओवादीबाट उम्मेदवारी दर्ता गराएका गर्नुभएको थियो। उहाँसँगै गोसाइँकुण्ड गाउँपालिका–५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गर्नुभएको छ। एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएर पार्टीमा स्वागत गर्नुभएको छ।

एमाले नै देशको प्रमुख शक्ति भएकाले माओवादीबाट दिएको आफ्नो उम्मेदवारी समेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको उहाँको भनाइ छ। निस्वार्थ भावनाले एमाले शीर्ष नेताहरूसँगको सल्लाह र परामर्शमा माओवादी छोडेको उहाँले बताउनुभएको छ ।

शिवपुरीमा दुई दर्जन एमाले प्रवेश

पछिल्लोपटक दलको नीतिप्रति असहमति जनाउँदै सत्तारुढ दलहरुबाट पार्टी त्याग गर्नेहरुको संख्या बढिरहेको छ। सत्तारुढ दलले कार्यकर्ताको भावनालाई कदर गर्न नसकेको जनाउँदै कांग्रेस, माओवादी, समाजवादीलगायतका दल छाड्नेहरु बढिरहेका छन्।

पछिल्लो समय नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरीबाट दुई दर्जन जनाले कांग्रेस परित्याग गरेका छन्। नेपाली कांग्रेस नुवाकोटको नेतृ, महाधिवेशन प्रतिनिधि प्रत्यासी, पूर्व जिल्ला कार्य समिति सदस्य उमा थापा र नेपाली कांग्रेसका युवा नेता तथा शिवपुरी गापा ३ बाट निर्वाचित वडाध्यक्ष रामहरी थापालगायतका दुई दर्जन एमालेमा प्रवेश गरेको एमाले नुवाकोटले जनाएको छ।

शिवपुरीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेकाहरुलाई नेकपा एमाले नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेश सरकारका पूर्वराज्यमन्त्री बद्री मैनालीले स्वागत गर्नुभयो । जनताको पक्षमा काम गर्ने दललाई ढिलोचाँढो जनताले सम्मान र साथ दिने अध्यक्ष मैनालीको भनाइ छ।

नेकपा एमालेको पछिल्लो नीतिप्रति सहमति जनाउँदै नुवाकोटका १२ वटै स्थानीय तहवाट कांग्रेस, माओवादी, समाजवादी, राप्रपा तथा जनता समाजवादी छाडेर एमाले प्रवेश गर्ने बढी रहेको एमाले नुवाकोटले जनाएको छ।

एमाले सचिवालय सदस्य दीपक कार्कीका अनुसार ६ महिनाको अवधिमा विभिन्न दलका पदाधिकारी, सक्रिय सदस्य, अगुवा कार्यकर्ता तथा उम्मेदवारहरुसमेत गरी चारहजार जना नेकपा एमालेमा प्रवेश गरिसकेका छन्।

Skip This