अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न गृहको प्रस्ताव

विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न गृहको प्रस्ताव


काठमाडौं – गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ ।

मन्त्रालयले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने गरी निर्णय गरेको हो ।

पोखरेललाई केपी शर्मा ओली नेतृत्वको सरकारले २५ मंसिर २०७७ मा दरबन्दी थप गरेर एआईजीमा बढुवा गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो नम्बर वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने पक्षमा हुनुहुन्थ्यो ।

आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावका वेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने एक स्रोतले बताएको छ ।