अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लामा ७६ हजार मतपत्र पुग्यो

जुम्लामा ७६ हजार मतपत्र पुग्यो


जुम्ला – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि जुम्लामा ७६  हजार मतपत्र आइपुगेको छ ।  मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र आइपुगेको हो ।

उहाँका अनुसार १५२ पेटिमा ७६ हजार मत पत्र जुम्ला आइपुगेको छ । मतपत्र प्याकिङ र निर्वाचन अधिकृतसँग जनशक्ति व्यवस्थापन लगायतका बिषयमा छलफल समेत भइरहेको छ उपाध्यायले बताउनु भयो ।

मुख्य निर्वाचन अधिकृत  तथा जिल्ला न्यायधीश  जवाहरप्रसाद सिंहका अनुसार जुम्लालाई आवश्यक ६६ हजार मत पत्र भए पनि १० हजार मतपत्र बढी आएको छ  ।

मतपत्र नेपाली सेनाले सुरक्षाका साथ स्कटिङ गरेर सम्बन्धित मतदान स्थलसम्म स्थलमार्गबाट जुम्ला पुर्‍याइनेछ । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले जुम्लाका लागि कालिकोटबाट हावा र पानी नछिर्ने ठूलो कन्टिनजरमा स्टकटिङ गरेर मतपत्र जुम्ला ल्याएर मुख्य निर्वाचन कार्यालयमा बुझाइएको छ  ।

जुम्लामा ६७ हजार सात  ४४ मतदाता छन् ।