अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखामा आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसविरुद्ध उजुरी

गोरखामा आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसविरुद्ध उजुरी


गोरखा – गोरखा नगरपालिका-१० मा नेपाली कांग्रेसका उम्मेद्वारहरुले प्रचार-प्रसारमा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ ।

आज आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन उजुरी परेको गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आचारसंहिता उल्लंघन भयो भनेर मौखिक उजुरी आएको छ । उजुरी परेलगत्तै हामीले यस बिषयमा सिडिओ सावलाई जानकारी गराइसकेका छौँ ।’

सो वडामा निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरीत कांग्रेसका उम्मेद्वारहरुले प्रचार-प्रसारमा हिँड्दा पार्टीको मतदान चिह्न छापिएको टोपी लगाउनेदेखि बालबालिकालाई प्रयोग गरेको आरोपसहित मौखिक उजुरी परेको बरालले जानकारी दिनुभयो ।