अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगरमा चुनाव जित्ने एमालेले नै हो : मोहनमाया ढकाल

वीरेन्द्रनगरमा चुनाव जित्ने एमालेले नै हो : मोहनमाया ढकाल


नेकपा एमाले मेयरकी उम्मेदवार

वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

नेकपा एमालेकी केन्द्रीय सदस्य, सुर्खेत जिल्ला सहइन्चार्ज एवं वीरेन्द्रनगर नगरपालिकाकी निवर्तमान उपमेयर मोहनमाया ढकाल एमालेबाट मेयर पदमा गठबन्धनसँग प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । २०७४ सालको स्थानीय निर्वाचनमा लोकप्रिय मत ल्याएर उपमेयर भएर भएकी युवा नेतृ ढकालको उम्मेदवारीले वीरेन्द्रनगरबासी उत्साहित भएका छन् । काममा लगनशिलता, स्वभावमा सरलता, पार्टी संगठनप्रतिको प्रतिवद्धता, जनताक दुःखमा सधैं सदासयता मोहनमायालाई वीरेन्द्रनगरबासीले दिने  उपमा हुन् । छोटो समयमा चुलिदो राजनीतिक यात्राका क्रममा ढकाललाई अर्को एउटा अवसर आएको छ । त्यो हो कर्णाली प्रदेशको राजधानी  वीरेन्द्रनगरको पहिलो महिला मेयर बन्ने । कांग्रेस माओवादीको  फितलो गठबन्धन भन्दा फराकिलो अन्तरले अघि देखिएकी ढकाल अहिले घरदैलोमा व्यस्त हुनुहुन्छ । आज वडा–१ मा घरदैलो मै व्यस्त रहेका बेला मोहनमाया ढकालसँग वीरेन्द्रनगरको चुनावी माहोलका विषयमा केही प्रश्नहरू सोधेको थियो ।

चुनावी अभियान कसरी बढाउँदै हुनुहुन्छ ?

हामीले उम्मेदवारी दर्ता गरेको आज ११ दिन भयो । उम्मेदवारी दर्ता गरेपछि औपचारिक रूपमा चुनाव प्रचार–प्रसारका लागि जनताको घरआँगनमा पुगेका छौं । उम्मेदवारी दर्ता भन्दा अघि पार्टीका एजेण्डा र चुनाव जित्ने रणनीति बनाउनमा व्यस्त भयौं । त्यसबीचमा हामीले प्रदेश कमिटी देखि टोल कमिटीसम्मका सबै बैठकहरू ग¥यौं । र, हामीले वीरेन्द्रनगरमा मात्र होइन कर्णाली प्रदेशमा नै पार्टीलाई पहिलो बनाउने कार्ययोजना पास गरेका छौं । त्यसैअनुसार वीरेन्द्रनगरमा पनि घरदैलोमा जाने, आफ्ना कुरा भन्ने, हामीप्रतिका गुनासा सुन्ने, हामीसँग भएका केही असमझदारीका कुराहरू समाधान गर्ने काम गरिरहेका छौं ।

विद्यालय र साना नानीहरूका समस्या आफैं बुझ्न र थाहा पाउन ‘कक्षा कोठामा उपमेयर’ कार्यक्रम लिएर केही विद्यालयमा म आफैं गएँ । महीनाको एक पटक एउटा कक्षाकोठमा ४० मिनेट बिताउने मेरो यो कार्यक्रम कोरोनाले गर्दा निरन्तरता पाउन सकेन ।

यसैगरी विभिन्न पेशागत क्षेत्रका व्यक्तित्वहरूसँग अलग अलग भेटघाट र बैठकहरू गर्ने, उहाँहरूका सुझाव सुन्ने काम भइरहेका छन् । केही संगठन र पेशागत क्षेत्रका व्यक्तित्वहरूसँगको भेटघाट जारी नै छ ।

यसबीचमा हामीले केही वडाहरूमा घरदैलो सक्यौं । पार्टीले नगरपालिकामा जितेर गएर आगामी पाँचवर्षमा के गर्छ भन्ने कुराको प्रतिवद्धा पत्र पनि सार्वजनिक गरेका छौं ।

तपाईंले आगामी पाँच वर्षमा के गर्नुहुन्छ भन्ने पनि जनतालाई जिज्ञासा होला, त्यो भन्दा पहिले त तपाईंले वितेको पाँच र्ष उपमेयर हुँदा के गर्नुभयो भन्ने पनि नगरबासीको चासो छ । केके गर्नुभयो पाँच वर्षमा ?

अघिल्लो पटक म मेयर होइन उपमेयरमा निर्वाचित भएकी हुँ । संविधान र कानुनले मेयर र उपमेयरले गर्ने कामका क्षेत्रहरू तोकिदिएको छ । उपमेयरलाई दिएका मूख्य कामहरू न्यायिक समितीको संयोजक,अनुगमन समितीको संयोजक,राजश्व परामर्श समितीको संयोजक आदि । मेरा अधिकार क्षेत्र भित्रका कामहरू मैले विवादरहित,जनताका पक्षमा कुशलतापूवर्क निर्वाह गरेको छु । मेरो पालमा करिब ८० वटा नयाँ कानुनहरू बने । योजनाहरूको अनुगमन समयमै र प्राविधिक हिसाबले उपयुक्त हुने देखेपछि मात्र सम्पन्नताको सिफारिस गरिएको छ ।

 नगरपालिकामा म उपमेयर भए पनि एमालेको तर्फबाट म मेयरकै भूमिका थिंए । जसले गर्दा पार्टीले सिफारिस गरेका योजनाको कार्यन्वयन,पार्टीको तर्फबाट कार्यपालिकामा लैजाने एजेण्डाहरूको सरसल्लाह मैले पार्टी नेतृत्वसँग परामर्श गरेर मात्र गरें । महिलाहरूलाई रोजगारी,पाठेघरको निशुल्क जाँच,महिनावारी भएका बेला छात्राहरूले विद्यालय नछोडुन् भनेर निशुल्क स्यानीटरी प्याड वितरण गरियो । त्यस्तै शिक्षालाई प्रविधि मैत्री बनाउनु पर्दछ भनेर धेरैवटा विद्यालयमा कम्प्यूटर,ल्याप्ट र इन्टरनेटको प्रवन्ध गरिएको छ ।

विद्यालय र साना नानीहरूका समस्या आफैं बुझ्न र थाहा पाउन ‘कक्षा कोठामा उपमेयर’ कार्यक्रम लिएर केही विद्यालयमा म आफैं गएँ । महीनाको एक पटक एउटा कक्षाकोठमा ४० मिनेट बिताउने मेरो यो कार्यक्रम कोरोनाले गर्दा निरन्तरता पाउन सकेन । तर जति ठाउँ म जान सकें विद्यार्थी र विद्यालयका समस्या नजिकबाट अनुभूती गर्न पाँए । यसले गर्दा शिक्षा क्षेत्रमा पनि धेरै परिवर्तनका कामहरू गर्ने प्रेरणा मैले पांए ।

तपाईंको कार्यकालका उपलब्धीलाई बुँदागत रूपमा बताइ दिनुस न ?

उपलब्धी धेरै छन् । म उपमेयर भएर गएपछि गरेका कामहरू आम नगरबासीले देख्नुभएको छ । हामी निर्वाचित भएर गएको वर्ष कानुन बनाउनमा बित्यो । दोस्रो वर्ष उत्साहपूर्ण ढंगले काम गर्दै थियौं । कोरोनाले हाम्रा गतीमा ब्रेक लगाइदियो । कोरोनाकालमा मेयर पारिवारिक कारणलले लक डाउन भरी नगरपालिकालमा हुनुहुन्थेन । त्यसैले कार्यवाहक मेयरको रूपमा कोरोनाको पहिलो काल मेरै नेतृत्वमा पार लगाएको सबै नगरबासीलाई थाहा छ । राहत बाँड्ने,क्वारेन्टाइन बनाउने,गाडी खोजेर अलपत्र यात्रुलाई गन्तव्यमा पु¥याउने यी सबै काम मेरै नेतृत्वमा भएका हुन् ।

भौतिक पूर्वाधार र अन्य क्षेत्रमा मेरा पाँचवर्षमा भएका धेरै काम मध्ये केहीलाई म यसरी सम्झन्छु ।

१.योजनामा परेका सडक कालोपत्रे

२.चक्रपथ बिस्तारलाई निरन्तरता

३.हटलाइन सेवा सञ्चालन

४.नगरका जीर्ण विद्यालय भवन निर्माण

५.महिला तथा बालबालिकाका लागि नगर अस्पताल सञ्चालन

६.काँक्रेबिहार र बुलबुले ताल पुननिर्माण

७.छोरी जन्म बचत कार्यक्रम

८.कोरोनकालको प्रभावकारी व्यवस्थापन

९.कोरोना खोप प्रभावकारी ढंगले सञ्चालन

१०.एक घर दुई विरूवा,हामी आँफै कुरूवा कार्यक्रम

अब मेयर भएपछि के गर्नुहुन्छ ?

 जनप्रतिनिधी भनेको व्यक्ति होइन । संस्था हो । संस्थामा सामुहिक निर्णय हुन्छ । तर नेतृत्व गर्ने व्यक्तिको भिजन महत्वपूर्ण हुन्छ । हाम्रो पार्टीले मेयर उपमेयरलाई चुनाव जिताएपछि के गर्छ भनेर हामीले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छौं । जुन तपाईंले पाइसक्नु भएको छ । त्यसमा हेर्यो भने पूर्वाधार विकास देखि सहकारीसम्मका ११ वटा मुल क्षेत्रहरूमा हामीले गर्ने करिब २ सय वटा कामका क्षेत्रहरू हामीले तोकेका छौं । त्यस मध्ये कुनै तत्काल,कुनै मध्यकाल र कुनै पाँचै वर्ष लाग्ने गरीका काम तय गरेका छौं । यो प्रतिवद्धता पत्र हाम्रो पार्टीका टोल कमिटी, वडा कमिटी, विभिन्न जनवर्गीय संगठनहरूका सुझाव र मागका आधारमा तय गरिएकोले तिनको कार्यन्वयन मेरो पहिलो प्राथमिकता हुन्छ।

गठबन्धनसँग चुनाव जित्ने आधार के छन् तपाईंका ?

 जायज प्रश्न सोध्नु भयो । गठबन्धन कस्तो बेलामा हुन्छ ? तपाईंलाई थाहा होला जब कोही व्यक्ति कमजोर हुन्छ अनि उसले अर्काको साहारा लिन्छ अर्थात गठबन्धन गर्छ । हो,अहिलेको गठबन्धन बलियो एमाले विरूद्ध कमजोरहरूले गरेको मिलेमतो हो । जसको कुनै भिजन,मिसन र वीरेन्द्रनगरलाई दिने योजना छैन । यो केवल एमालेको लोकप्रियता,अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देश विकासको हुटहुटी,नेपाललाई अन्तराष्ट्रिय स्तरमा सुनिने र देखिने देश बनाएकोमा अन्य पार्टीहरू अत्तालिएर बनाएको एउटा गठजोड हो । विभिन्न षडयन्त्रबाट करिब दुईतिहाइ बहुमतको आफ्नै पार्टीको सरकार ढालेर परामादेशबाट वर्तमान सरकार बनेको हो ।

आफैं भित्रको समस्यामा अल्झिएका गठबन्धनका घटकहरूले वीरेन्द्रनगरमा एमालेलाई हराउने हैन, फराकिलो अन्तरका उपविजेता हुने छन् ।

तर,अझै उनीहरूलाई एमाले र केपी ओली मजबुद छन् । चुनाव हराउन सकिदैन भन्ने नै छ । र,वास्तविकता पनि त्यही हो । एक्लाएक्लै एमालेसँग भिड्न त उनीहरूले आँटै गरेनन् । गठबन्धन गरेर एमालेलाई हराउन सकिन्छ भन्ने झिनो आशा बोकेर खुकुलो गठबन्धन बनाएर हामीसँग भिड्न आएका छन् । तर, आफैं भित्रको समस्यामा अल्झिएका गठबन्धनका घटकहरूले वीरेन्द्रनगरमा एमालेलाई हराउने हैन, फराकिलो अन्तरका उपविजेता हुने छन् उनीहरू ।

एमाले एकतावद्ध भएर लागेको छ त चुनावमा ?

एमालेको नीति, विधी,सिद्धान्त र बिचारमा बिमती राख्नेहरू पार्टी छोडेर गइसके । त्यसैले अहिलेको एमाले एकतावद्ध छ । केपी शर्मा ओलीको नेतृत्वमा भएका आम नेता कार्यकर्ता एमालेलाई स्थानीय चुनावमा भारी मतका साथ विजयी गराएर आउने संघीय र प्रदेशको निर्वाचनमा दुई तिहाइका साथ पार्टीलाई सरकारमा पु¥याउन आतुर छन् । त्यो अवस्था देशभरी जस्तै वीरेन्द्रनगरमा पनि छ  ।

म सहित अन्य कमरेडहरूले पनि मेयरमा दाबी गर्नुभयो । हामीले लामो छलफल ग¥यौं । सहमती खोज्न समय लगायौं । तर हामीले निर्वाचन गरेर बहुमत,अल्पमतको निर्णय गरेनौ । अन्त्यमा मेरो नाममा सर्वसम्मती भयो । आकांक्षी कमरेडहरू अहिले निर्वाचन जिताउने अग्र मोर्चामा हुनुहुन्छ । उहाँहरू मेरो अग्रज पनि हो । उहाँहरूको सद्धभाव ,आम कार्यकर्ताको लगाव र नगरबासी सबै मतदाताको मायाले मैले चुनाव जित्दैछु । एमालेले वीरेन्द्रनगरमा विजयको झण्डा गाड्दैछ । त्यती मात्र होइन २०७९ साल जेठको पहिलो हप्ता वीरेन्द्रनगरले प्रथम महिला मेयरको इतिहास पनि रच्दैछ ।

-नवयुगबाट