अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा कोरोना संक्रमित थपिँदै, २४ घण्टामा ३५४५ जना संक्रमित

भारतमा कोरोना संक्रमित थपिँदै, २४ घण्टामा ३५४५ जना संक्रमित


काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ४ लाख ६५ हजारभन्दा बढीको परीक्षण गर्दा ३ हजार ५४५ जनामा संक्रमण देखिएको हो।

पछिल्लो समय भारतमा फेरि कोरोना संक्रमण बढिरहेको छ। त्यहाँको स्वास्थ्यय मन्त्रालयले कोरोनाको चौथौ लहर फैलिन नदिन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ।

हाल भारतमा १९ हजार ६८८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

यस्तै, संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा कोरोनाका कारण ५ लाख २४ हजार २ जनाको मृत्यु भइसकेको छ।