अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘तुलसीपुरलाई औद्योगिक सहरको रूपमा विकास गर्ने योजना छ’

‘तुलसीपुरलाई औद्योगिक सहरको रूपमा विकास गर्ने योजना छ’


स्थानीय तह निर्वाचनका लागि देशभर उम्मेदवारहरू मत माग्न घरदैलोमा व्यस्त हुनुहुनछ । यसैक्रममा तुलसीपुर उपमहानगरपालिकामा एमालेको तर्फबाट टीकाराम खड्का मेयरमा भिड्दैहुनुहुन्छ । खड्का किसान नेताका रुपमा पनि जिल्लामा परिचित हुनुहुन्छ । २०२३ सालमा दाङमा जन्मिनुभएका खड्का २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभयो । लामो समय किसान महासंघको केन्द्रीय तहमा नेतृत्व गरेका खड्का लालपुर्जा प्राप्ति आन्दोलनको नेताका रुपमा परिचित हुनुहुन्छ । मेयरका प्रत्यासी खड्कासँगका कुराकानी ः

तपाईंको पृष्ठभूमि बताइदिनुस् न ?
म किसानको छोरो हुँ । भूमिहीनको छोरो हुँ । ४० वर्ष नेपाली राजनीतिमा समय व्यतित गरे । २०४५–२०५६ तथा २०७२–२०७८ गरि करिब १४ वर्ष पार्टिको प्रमुखको भूमिका निर्वाह गरेँ । राजनीति गरेको थोरै समयमा नै कयौं नेताहरुको स्वरुप परिवर्तन हुन्छ। उनीहरुको जीवनशैली र आर्थिक हैसियत बढ्दो हुन्छ । घरबंगला पुस्ता पुग्ने सम्पत्ति कमाएको प्रवृति देखिन्छ। तर, १४ वर्ष पार्टी प्रमुख र १० वर्षको राजनीतिक यात्रामा पनि म नितान्त राजनीति सेवा हो भन्ने अभिप्रायले अघि बढेको छुँ।

मेयरमा उम्मेदवारी कसरी पाउनुभयो ?
म निरन्तर राजनीतिमा क्रियाशिल छु । राजनीति कमाइ खाने भाँडो होइन समाज सेवाको माध्यम हो । मेरो निरन्तरताको लगाव, पार्टीमा क्रियाशीलतालाई मुल्याकंन गरेर नै मेयरमा उम्मेदवारी पाएको हुँ ।

जितेपछि के गर्नुहुन्छ ?
मैले स्मार्ट छोरी कार्यक्रमलाई निरन्तरता दिई महिला रोजगारमा, आसनमा, शासनमा र भाषणमा पहिला भन्ने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछु । यस्तै, विउको अभावलाई पूर्ति गर्न नगरस्तरमा तीनवटा विउ स्रोत केन्द्र स्थापना गरी एक सय ५० टन विउ उत्पादन गर्ने सोच बनाएको छुँ । स्थानीय तहमा वित्तीय सुशासन कायम गर्दै असल शासन स्थापना गर्न पनि मेरो उम्मेदवारी हो । जनताको सेवा गर्ने रहर छ। तुलसीपुरलाई सुन्दर सहर निर्माण गर्ने योजना छ । श्रमजीवी,सर्वहारा वर्गको मुक्तिका लागि पनि म कटिवद्ध भएर लाग्नेछु । भ्रष्टाचार शून्य अवस्थामा पु¥याउने सोच छ । साथै, गरीब जनताले निशुल्क शिक्षा उपलब्ध गराउन पनि मेरो उम्मेदवारी हो ।

तुलसीपुरको विकासमा तपाईंको प्रतिवद्धता के हो ?
तुलसीपुरलाई औद्योगिक सहरको विकास गर्न आवश्यक छ । त्यसका लागि म लागि पर्नेछु । तुलसीपुरमै कृषि,बनसहित प्राविधिक शिक्षा पढ्ने वातावरण सृजना गर्नुपर्छ । तुलसीपुर सहरभित्र खानेपानीको जुन विकराल समस्या छ । पानीका स्रोतहरु थपेर सहरभित्र आवश्यक पर्ने पानीलाई सहज पूर्ति गर्न पनि योजना बनाएर अघि बढ्ने मेरो प्रतिवद्धता छ । त्यसका लागि बबइ नदीको पानीलाई लिप्टिङ गर्न सकिन्छ । प्राकृतिक स्रोत साधनको संरक्षण र उपयोग गरी खानेपानीलाई सहज र सरल ढंगले सबै जनताले उपभोग गर्ने व्यवस्था मिलाउन लागि पर्नेछु । सडकका सहरलाई मापदण्डअनुरुप व्यवस्थापन गर्ने योजना छ । तुलसीपुरलाई सफा र हराभरा सहरको रुपमा विकास गर्ने सोच छ । तुलसीपुरमा अहिले जुन दुर्घटना बढिरहेका छन् । सल्यान रोल्पा जाने गाडीहरु हप्तामै दुर्घटनामा परेका छन् । यसलाई कम गर्न वैकल्पिक व्यवस्था गर्ने सोच छ। पातुखोलाबाट श्रीनगरसम्म र अमेलीयादेखि तुलसीपुरलाई सुरुङमार्गका रुपमा विकास गर्न पनि मेरो उम्मेदवारी हो ।
अन्नपूर्णबाट