अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आमा-बुवाको हत्या आरोपमा छोरा पक्राउ

आमा-बुवाको हत्या आरोपमा छोरा पक्राउ


ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेपकस्थित गोटीछाँगामा छोराले वृद्ध बुवाआमाको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार छोरा आइतराज लिम्बूले बिहीबार बेलुका ७० वर्षीय बुवा बृखवहादुर र ७२ वर्षीया आमा फिपरानीको हत्या गरेका हुन्।

२५ वर्षीय आइतराजलाई प्रहरी नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनु भयो । मादक पदार्थ सेवनका कारण घटना भएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ।

घटनाको जानकारी पनि स्थानीयले लेलेप प्रहरी चौकीमा गरेका थिए। आइतराज भेडाको गोठमा बस्ने गर्थे।