अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा अवैध हतियार सहित तीन जना पक्राउ

दाङमा अवैध हतियार सहित तीन जना पक्राउ


दाङ – दाङमा प्रहरीले अवैध हतियार पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमही नगरपालिका ३ मझगाउँस्थित फर्निचर तथा आह्रन सञ्चालन गरी बस्ने अन्दाजी ७३ वर्षीय मुमबहादुर घर्ती मगर रहेका छन् ।

अवैध हतियार पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनु भयो ।

त्यस्तै बाग्लुङ बुर्तिवाङ झियाखोला घर भई हाल लमही नगरपालिका ३ मा बस्दै आएका २० वर्षीय सोमु बिक र रुपन्देही शुद्धोधन गाउँपालिका २ भुजौली घर भइ तलमी नगरपालिका ३ बस्ने ४० वर्षीय कमल भनिने रुक्मान सुनार रहेका छन् ।

२० वर्षीय बिकको साथबाट भरुवा बन्दुकलाई मोडिफाइ गरि निर्मित पेस्तोल आकारको अबैध हतियार बरामद भएको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी नर्तीबाट खटिएको प्रहरी टोलीले खान तलासी लिने क्रममा उक्त अबैध हतियार पेस्तोल बरामद गरेको हो ।