अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारामा हतियारसहित दुई भारतीय नागरिक पक्राउ

बारामा हतियारसहित दुई भारतीय नागरिक पक्राउ


बारा – सशस्त्र प्रहरीको गस्ती टोलीले बारा सिम्रौनगढबाट हतियारसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी छिनमस्ता बाहिनीबाट खटिएको टोली र झरौखरस्थित सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले सिमौनगढ कचोर्वा सडक खण्डमा चेकजाँचका क्रममा  दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला कसवा लौखानका  २३ वर्षीय पप्पु यादव र छिमेकी गाउँ भेलवा बजारका २२ वर्षीय अखलेस सिंह रहेका छन् । भारतबाट मोटरसाइकलमा आउनेक्रममा उनीहरुमाथि प्रहरीले चेकजाँच गरेको थियो । उनीहरुबाट चाइनिज अटोमेटिक पेस्तोल १ थान, म्यागाजिन १ थान, त्यसमा लाग्ने गोली २ थान, घरेलु नलकटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली २ थान बरामद भएको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिनु भयो ।