अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिलेको निर्वाचन पूँजीवादी दक्षिणपन्थी र अग्रगामी समाजवादी शक्तिको बीचमा हो : उपाध्यक्ष थापा

अहिलेको निर्वाचन पूँजीवादी दक्षिणपन्थी र अग्रगामी समाजवादी शक्तिको बीचमा हो : उपाध्यक्ष थापा


चितवन – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले स्थानीय तहको निर्वाचन महत्वपूर्ण हुने भएको बताउनुभएको छ ।

एमाले चितवन प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले स्थानीय निर्वाचनको महत्वलाई बुझ्दै चनाखो भएर लाग्न जरुरी रहेको बताउनुभयो ।

उपाध्यक्ष थापाले भन्नुभयो, ‘यो निर्वाचनको महत्व छ । यसमा निर्वाचन जित्नका लागि षडयन्त्र हुन सक्छ । चनाखो भएर लाग्न जरुरी रहेको छ ।’ अहिलेको निर्वाचन पूँजीवादी दक्षिणपन्थी शक्ति र अग्रगामी समाजवादी शक्तिका बीचमा भएको भन्दै उहाँले अग्रगामी शक्तिको जीत सुनिश्चित रहेको बताउनुभयो ।

पूर्वगृहमन्त्रीसमेत रहनुभएका थापाले एमालेबाट लोकतन्त्र, सुशासन र समृद्धि जनताले प्रत्याभूत गरेको बताउँदै उहाँले भन्नुभयो, ‘एमालेले बहुमतले विजयी प्राप्त गर्दा समृद्धि, सुशासन र लोकतन्त्रको रक्षा हुन्छ ।’ भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिका साथ एमाले निर्वाचनमा लागेको बताउँदै उहाँले समाजवादको आधार निर्माण गर्न नेकपा एमालेको जीत हुन आवश्यक रहेको बताउनुभयो ।