अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन हमला भए पराजित गर्न तयार हुनुस्

कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन हमला भए पराजित गर्न तयार हुनुस्


चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले मतदाता धम्काउने मात्र नभएर तर्साउने र उपद्रो गर्ने बानी अझै नछाडेको पनि टिप्पणी गर्नु भएको छ ।

चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनको समयमा विपक्षीबाट आक्रमण भए प्रतिआक्रमणमा उत्रिन निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘माओवादीले धम्काउने मात्र होइन तर्साउने र उपद्रो गर्ने बानी छोडेको छैन। विभिन्न ठाउँमा हमला गरिराखेको छ । त्यसैले हाम्रो साथीहरु सजगको जरुरी छ । हमला हुन नपाओस् भन्ने कुरामा ध्यान दिनु पर्छ । स्वयम्सेवकहरुको राम्रो टिम बनाएर हमला हुन नदिने। हमला भए पराजित गर्ने तयारी गर्न पनि म आग्रह गर्न चाहन्छु।’