अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखाको सर्वदलीय बैठकमा काँग्रेसका प्रतिनिधी हतियार सहित पक्राउ

गोरखाको सर्वदलीय बैठकमा काँग्रेसका प्रतिनिधी हतियार सहित पक्राउ


गोरखा- गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । आज बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट कांग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
‘निर्वाचन अधिकृतको कार्यालयकमा सर्वदलीय बैठक बोलाइएको रहे छ । बैठकमा कांग्रेसको तर्फबाट प्रतिनिधि भएर गएका मनोज गुरुङको झोलाबाट खुकुरी फेला परेको छ । उनलाई हाम्रो टोलीले नियन्त्रणमा लिएर राखेको छ’, श्रेष्ठले भन्नुभयो । घटनाबारे थप अनुसन्धान गर्नका लागि आफू घटनास्थलतर्फ गइरहेको श्रेष्ठले बताउनुभयो ।