अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री आलेलाई आयोगले भन्यो- तपाईं विरुद्ध ज्यान मार्ने धम्कीको उजुरी आएको छ

मन्त्री आलेलाई आयोगले भन्यो- तपाईं विरुद्ध ज्यान मार्ने धम्कीको उजुरी आएको छ


काठमाडौं- निर्वाचन आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी मतदातासमक्ष मत माघेको, पार्टीको प्रचार गरेको आयोगले जनाएको छ ।

वैशाख २६ गते डोटीको जोरायल गाउँपालिका पुगेर मन्त्री आलेले तडकभडकपूर्ण तरिकाले मतदाता भड्काउन भ्रामक भाषण गरेको, भोजभतेर गरेको, पैसा बाँडेको, अध्यक्षका उमेदवारको चरित्रहत्या हुने भिडियो सार्वजनिकस्थलमा राखेको, गुण्डागर्दी गर्दै अराजक टिम परिचालन गरी ज्यान मार्ने धम्की दएको उजुरी परेको आयोगले जनाएको छ ।