अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित


डडेलधुरा – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै वडामा नेपाली कांग्रेस पराजित भएको छ ।

देउवाको नामावली रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस पराजित भएको हो। कांग्रेसका उम्मेदवारलाई हराउँदै एमालेको साथ पाएका स्वतन्त्र उम्मेदवार नरेश भण्डारी विजयी हुनु भएको हो । उहाँ करुवा चुनाव चिन्हमा प्रतिस्पर्धामा होमिनु भएको थियो । भण्डारीले ६७३ प्राप्त गर्दै कांग्रेस उम्मेदवारलाई पराजित गर्नु भएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाएका थिए ।