अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चन्द्रागिरिमा एमालेको अग्रता

चन्द्रागिरिमा एमालेको अग्रता


काठमाडौँ – काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा ९एमाले०ले अग्रता लिएको छ । स्थानीय तहको वैशाख ३० मा सम्पन्न मतदानको आज दुई हजार ५०० मत गणना हुँदा नेकपा ९एमाले०का उम्मेदवार उत्तमबहादुर राउतले ९४० मतका साथ अग्रता लिनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले ८२९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिनुभयो । यस्तै, उपप्रमुखमा पनि नेकपा ९एमाले०कै उम्मेदवार बसन्ती श्रेष्ठले ९६५ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार रोशन दानीले १४८ मत प्राप्त गर्नुभएको छ ।

कूल १५ वडा रहेको चन्द्रागिरिमा अहिले वडा नं १ र २ को मतगणना भइरहेको छ । कूल ४७ हजार २६४ मतदाता रहेको उक्त वडामा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन अधिकृत थपलियाले बताउनुभयो ।