अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेका गुरुङ विजयी

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेका गुरुङ विजयी


मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिङजीन नामगेल गुरुङ विजयी हुनुभएको छ । उहाँले ८७६ मतसहित निर्वाचित हुनुभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङ्जेन गुरुङले ५७७ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेकै ढिकि गुरुङ निर्वाचित हुनुभएको छ। उहाँले नेपाली कांग्रेसकी धेच आङमो गुरुङलाई पछि पार्दै विजयी हुनुभएको हो । ढिकीले ७४९ मत प्राप्त गर्दा आङमोले ६७७ मत पाउनुभएको छ ।